Dark

लिग लिडर सिटीले निकाल्यो प्रिमियर लिग अन्तर्गत सिजनको अन्तिम खेलमा शानदार जीत

एजेन्सी । च्याम्पियन म्यानचेस्टर सिटीले प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा शानदार जीत निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित ग गर्दै सिजनको शानदार अन्त्य गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । यस्तै केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक एक गोल गरे  ।

फराकिलो जितसँगै सिटीले उपाधि ट्रफी समेत उचालेको छ । सिटीले उपाधि जित्ने क्रममा यस सिजन ३८ खेलमा ८६ अंक जोड्यो । एभर्टन भने ५९ अंक जोडेर दशौँ स्थानमा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै