Dark

बाँकेमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

बाँके । कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप ११ जनाको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा ८ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना गरि ११ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका–१ दाङका ४८ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँकेका ६७ वर्षीया महिला र कैलारी गाउँपालिका–५ कैलालीका ३८ वर्षीय पुरुष छन् ।

यस्तैगरी, ठाकुरबाबा ९ बर्दियाका २५ वर्षीय पुरुष, तुलसीपुर १० दाङकी ३८ वर्षीया महिला, मधुवन ९ बर्दियाकी ७० वर्षीया महिला, पंचपुरी ६ सुर्खेतका ५९ वर्षीय पुरुष, बाँसगढी ६ बर्दियाका ८० वर्षीय पुरुष र नेपालगन्ज ६ की ४० वर्षीया महिलाको  कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

भीमदत्त ३ कंचनपुरकी ५५ वर्षीया महिला र कोहलपुर ९ बाँकेकी ४५ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।  योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म उपचारका लागि आएका जिल्ला बाहिरका १९२ जना र जिल्लाकै २४० जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै