Dark

उपचारपछि घर फर्किएका संक्रमितको मृत्यु

पर्वत । कोरोना संक्रमणबाट पैयुँ गाउँपालिका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए ।

ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा लगिएको थियो। उपचारपछि स्वास्थ्य अवस्था राम्रो भएपछि घर पर्किएका उनको मृत्यु भएको हो ।

यससँगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । यीमध्ये १३ जनाको कोरोनाको दोस्रो लहर आएपछि मृत्यु भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै