Dark

मंगलवारको बजारमा यी १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौं । मंगलवार सामान्य अंकले बढेको बजारमा यी १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।
मंगलबार समता घरेलु लघुवित्त र महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य ८ कम्पनीको शेयरमूल्य पनि उच्च दरमा बढेको देखिएको छ ।

मर्जर पछिको पहिलो कारोबार दिन घरेलु लघुवित्तको शेयरमूल्य प्रतिकित्ता  ५५ रुपैँयाले बढेर अन्तिम मूल्य ६ सय ५ रुपैँया पुगेको छ । यसैगरी, उच्च दरमा बढ्दै आइरहेको महिला लघुवित्तको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता ३ सय ७८ रुपैँयाले बढेर अन्तिम मूल्य ४ हजार १५ सय ८ रुपैँया भएको छ ।
 

आज विशाल बजार कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत अर्थात प्रतिकित्ता ६ सय १६ रुपैँयाले बढेर अन्तिम मूल्य ६ हजार ७ सय ८४ रुपैँया, सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ९८ प्रतिशत अर्थात प्रतिकित्ता २ सय ३३ रुपैँयाले बढेर अन्तिम मूल्य २ हजार ५ सय ६८ रुपैँया र राधी विद्युत कम्पनीको ९ दशमलव ९० प्रतिशत अर्थात प्रतिकित्ता ५२ ले बढेर अन्तिम मूल्य ५ सय ७७ रुपैँया भएको छ ।

त्यसैगरी, कारोबारको दोस्रो दिन सोमबार रू रू जलविद्युत परियोजनाको शेयरमूल्य पनि ९ दशमलव ९० प्रतिशत अर्थात प्रतिकित्ता ३८ ले बढेर अन्तिम मूल्य ४ सय २२ रुपैँया तोकिएको छ । सिंगटी हाइड्रोको ९ दशमलव ९२ अर्थात प्रतिकित्ता ४३ ले बढेर ४ सय ८१ रुपैँया पुगेको छ । युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य पनि यस दिन ९ दशमलव ७३ प्रतिशत बढेको छ । प्रतिकित्ता २२ रुपैँयाले बढेर युनाइटेड हाइड्रोपावरको शेयरमूल्य २ सय ४८ रुपैँया भएको छ ।

९ दशमलव ६८ प्रतिशत बढेको पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्य २ सय ४ रुपैँया पुगेको छ भने युनिभर्सल पावरको शेयरमूल्य ८ दशमलव ९९ प्रतिशतले बढेर अन्तिम मूल्य १ सय ९४ रुपैँया तोकिएको छ । पञ्चकन्यामाई हाइड्रोको प्रतिकित्ता १८ रुपैँया र युनिभर्सल पावरको प्रतिकित्ता १६ रुपैँयाले शेयरमूल्य बढेको देखिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै