Dark

उपत्यकामा थपिए एकैदिनमा ३८९३ संक्रमित 

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ८ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौँमा २ हजार ७ सय ७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप ५५ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।

हाल देशभर ५९ हजार ७९८ सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ७ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै