Dark

दैनिक राजस्व संकलनमा ६० प्रतिशतले गिरावट

काठमाडौं । नेपाल सरकारले बिहीबारदेखी जारी गरेको निषेधाज्ञाको असरले दैनिक राजस्व संकलनमा ६० प्रतिशतले गिरावट आएको छ ।
दैनिक ३ देखी ४ अर्बसम्म संकलन भइरहेको राजस्व हाल १ अर्बमा सिमित भएको अवस्था छ । चालु वर्षमा सरकारले करिब १० खर्ब १२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । 
 

जहाँ चालु वर्षको साढे ९ महिना कट्दा ७ खर्ब ३० अर्ब राजस्व संकलन भएको छ । चालु वर्षको पछिल्लो ४ महिनामा लक्ष्य भन्दा धेरै राजस्व संकलन भैरहेकोमा निषेधाज्ञाले असर पारेको जनाइएको छ ।
निषेधाज्ञा जारी भएको मिति वैशाख १६ गते देखी २० गतेसम्मको ५ दिनमा ६ अर्ब ८९ करोड राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । यसअघि, वैशाख १ गतेदेखी १५ गतेसम्म करिब ४० अर्ब राजस्व संकलन भएको देखिएको छ ।

देशका प्रमुख शहरहरुमा निषेधाज्ञा जारी गरीएको छ र अत्यावश्यक बाहेक अन्य आर्थिक गतिविधिहरु बन्द गरिएको अवस्था छ ।
यसैगरी, आयातबाट हुने राजस्व संकलनमा पनि गिरावट आएको छ । सरकारले राजस्व संकलनको लक्ष्य पूरा गर्न २ खर्ब ८० अर्ब संकलन गर्नूपर्ने छ । चालु वर्षको अन्त हुन करिब ७० दिन रहेको छ । यस्तै, सरकारले निषेधाज्ञाबीच अनलाइनमार्फत कर तिर्न आग्रह गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै