Dark

नेप्से परिसूचक १ दशमलव ९४ अंकले बृद्धि


काठमाडौं । साताको तेस्रो दिन मंगलबार आज शेयरबजार थोरै अंकले सुधार देखिएको छ । नेप्से सूचक आज १ दशमलव ९४ अंकले बढेर २ हजार ६ सय ५४ दशमलव ६९ मा रोकिएको छ ।

आज २ सय १३ वटा कम्पनीको १ करोड ३० लाख १५ हजार १ सय ८३ कित्ता शेयर ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८ सय ११ रुपैयाँमा कारोबार भएको छ ।
 

आज जम्मा १ सय १९ वटा कम्पनीको शेयरमूल्यमा बृद्धि आएको छ भने ८१ वटा कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।

उपसमूहहरु मध्ये व्यापार समूहमा ९२ दशमलव ९३ अंकले, हाइड्रो पावर समूहमा ३० दशमलव ९२ अंकले र माइक्रोफाइनान्स समूहमा १ सय ३७ दशमलव ८२ अंकले बृद्धि भएको छ ।

त्यस्तै, बैंकीङ् समूहमा ७ दशमलव ६४ अंकले, होटल तथा पर्यटन समूहमा ३५ दशमलव ७७ अंकले, विकाश बैंक समूहमा ११ दशमलव २४ अंकले र फाइनान्स समूहमा ३ दशमलव सुन्य ८ अंकले गिरावट आएको छ ।

यसैगरी, निर्जीवन बीमा कम्पनी समूहमा ३६ दशमलव ६१ अंकले र जीवन बीमा समूहमा ६४ दशमलव २३ अंकले गिरावट आएको छ ।

मंगलबार समता लघुवित्त वित्तिय संस्था र महिला लघुवित्त वित्तिय संस्थाको सबैभन्दा धेरै १० प्रतिशतले शेयरमूल्य बढेको छ ।

त्यस्तै, बिसाल बजार कम्पनी लिमीटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडलगायत कम्पनीमा झन्डै १० प्रतिशतले बढेको देखिएको छ ।

यसैगरी, आज सबैभन्दा धेरै १ दशमलव ९८ प्रतिशतले चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै