Dark

 तीन निजी अस्पतालमा कोभिडको निःशुल्क उपचार हुने 

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढिरहेका बेला देशका तीन  निजी अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएका छन् ।

काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले पहिलो पटक आइतबारदेखि निःशुल्क उपचार शुरु गरेको हो । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता गरी आफूहरुले संक्रमितहरुको निःशुल्क उपचार शुरु गरेको अस्पतालका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिएका छन् ।

अध्यक्ष डा. शर्माले भने ‘मन्त्रालय र केएमसीबीच केही शर्तहरु राखेर संक्रमितको निःशुल्क उपचार गर्ने सम्झौता भएको छ । सबै खर्च मन्त्रालयले ब्यवहोर्ने भएपनि त्यो खर्च पर्याप्त होइन त्यसमा अस्पतालले केही ब्यहोर्ने छ तर उपचार निःशुल्क हुनेछ । केएमसी जस्तै नोबेल र पिपल्सको पनि मन्त्रालयसँग सम्झौता भइसकेको छ ।’

केएमसीलगायत डा. शर्माद्धारा संचालित विराटनगरस्थित नोबेल मेडिकल कलेज, काठमाडौंको नयाँबजारमा रहेको पिपल्स डेन्टल अस्पतालमा बुधबारदेखि कोरोना संक्रमितको निःशुल्क उपचार हुने भएको छ ।  

नेपालमा कोरोना भाइरसको महामारी शुरु भएयता गतबर्ष डा. शर्माकै अगुवाइमा केएमसीमा पीसीआर परिक्षणमा पनि विशेष सहुलियतको व्यवस्था मिलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै