Dark

निषेधाज्ञा पछि ३० प्रतिशतसम्म बढ्यो इन्टरनेट ब्यान्डविथ खपत

काठमाडौं । देशव्यापी विभिन्न जिल्लाहरुमा निशेधाज्ञाको जारी गरेसँगै इन्टरनेट ब्यान्डविथ खपत दिवा समयमा २५ देखि ३० प्रतिशतले बढेको छ ।

इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीका अनुसार प्रायः रातको समयमा इन्टरनेटको डिमान्ड पिकमा हुने गरेको थियो । तर अब निषेधाज्ञाका कारण दिउँसो पनि खपत बढेको छ । जहाँ पहिले साँझको समय इन्टरनेटको डिमान्ड बढी हुने गथ्र्यो, अहिले निषेधाज्ञाले गर्दा बिहान १० बजेबाटै डिमान्ड पिक हुने गरेको छ ।

पराजुली नेपाली आइएसपीहरुले ८ सय जिबिपिएसदेखि १ टिबिपिएससम्म ब्यान्डविथ भारतबाट आयात गर्ने गरेको बताउँछन् । भारतीय दूरसञ्चार कम्पनी एयरटेल र टाटाबाट मात्रै इन्टरनेट ब्यान्डविथ भित्रिने गरेको जानकारी छ ।

२०७६ चैतमा गरीएको लकडाउन अघि कुल ब्यान्डविथ खपत ४ सय जिबिपिएस थियो । झण्डै चार महिना लामो लकडाउन अवधिले भने खपत २५ प्रतिशतले बढेर ५ सय जिबिपिएस पुगेको थियो ।

गत साल भदौयता टिकटक एपको प्रयोग अत्याधिक बढ्दा ब्यान्डविथ खपत करिब ७ सय जिबिपिएस रहेको थियो । अहिले कार्यालयहरु वर्क फ्रम होम, कक्षा, परीक्षा एवम् अन्य शैक्षिक गतिविधि, छलफल, बैठक, मनोरंजनलगायत सबै क्रियाकलापहरु इन्टरनेटबाटै भइरहेकाले इन्टरनेट ब्यान्डविथ खपत बढ्दै गइ आयात पनि बढ्दै गएको सेवा प्रदायकहरु बताउँछन् ।

आइएसपीको व्यापार बढेको भएपनि धेरै प्रयोगकर्ताहरु एकैसाथ सक्रिय हुँदा स्तरीय सेवा दिन चुनौती बनेको छ । तर, गत वर्षदेखि नै आइएसपीहरुले  विभिन्न समयमा निषेधाज्ञाका गरिएको कारण आवश्यक ब्यान्डविथ खपत व्यवस्थापन गरिरहेकोले चुनौती नथपिएको पराजुली बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै