Dark

नागरिक एप फूल भर्सन सार्वजनीक,अझ थपिने क्रममा नयाँ फिचर

काठमाडौं । अनलाइन मार्फत सेवादिने उद्देश्यले सरकारले मे २ अर्थात सूचना तथा सञ्चार प्रविधि (आईसीटी) दिवसको अवसर पारी थप नयाँ फिचरसँगै फूल भर्सन नागरिक एप सार्वजनिक गरेको छ ।

गत माघमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ्ले परीक्षणको क्रममा सार्वजनिक गरेको नागरिक एपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भर्चुअल माध्यमबाट गरेका थिए ।

 

आवश्यता अनुसार सरकारी सेवालाई अनलाइनमा रुपान्तरण गर्नेगरी सरकारले उक्त एप ल्याएको हो । 

पछिल्लो चरणमा उक्त एपको लागी आफ्नै नामको मोबाइल नम्बर आनिवार्य थियो । जसकारण सेवाग्राहीले गुनासो समेत गरेका थिए । उपभोक्ताको सोहि गुनासोलाई सम्बोधन गर्दै सरकारले नयाँ फिचर र सिस्टम सहित नागरिक एपलाई फूल भर्सनमा ल्याएको जनाइएको छ ।

एपका सुविधा

एपमार्फत नै सरकारी सेवा प्रदान गर्ने भनिए पनि हाल प्यान नम्बर एवम् प्रहरी क्लियरेन्स रिपोर्ट लिन र ३ वटा बैंकमा क्यूआर कोड स्क्यान गरी खाता खोल्न सकिने सुविधा रहेको छ । प्रम ओलीले नागरिक एपमाको उत्घाटन आफ्नै खाता खोलेर गरेका थिए ।

हाल एपमा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकका कुनै पनि शाखामा एपबाट क्यूआर कोड स्क्यान गरी खाता खोल्न सकिने सुविधा रहेको छ । अन्य बैंकमा आगामी दिन समावेश गरिने मन्त्रालयले बताएको छ ।

नागरिक लगानी कोष, कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोष र प्यानको विवरण समेत यसबाट हेर्न सकिन्छ । यस्तै, स्वास्थ्य बीमा कार्यक्रम समेत नागरिक एप मार्फत सञ्चालिन हुने जनाइएको छ ।

हाल आफ्नो लालपुर्जाको विवरण डाउनलोड तथा कित्ता नम्बरको विवरण हेर्न सकिन्छ । एपमार्फत हेलो सरकारबाट गुनासो टिपाउन सकिने सुविधा पनि यहाँ प्रदान गरिएको छ ।

नागरिक एपले सरकारी कार्यालयलाई अनलाइन सेवामा सक्रिय हुने गरी उक्त प्रणाली ल्याएको भनिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भ्रष्टाचार न्यूनीकरणका लागि एप प्रभावकारी रहने विश्वास गरेको बताउँछन् ।

एपमा केकस्ता सुविधा विस्तार हुँदै छ ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार स्थानीय निकायबाट प्रदान गरिने ४० वटा सेवा तथम अन्य सरकारी कार्यालयबाट दिइने ४० वटा सेवा ६ महिनाभित्र एकीकृत गर्ने गरी काम भइरहेको छ ।

आगामी केही सातामै यातायात कार्यालयमा बुझाउनुपर्ने सवारी कर तथा नवीकरण शुल्क एपमार्फत तिर्न सकिने मन्त्रालयले बताएको छ । मालपोत कार्यालयमा जग्गा रोक्का र फुकुवा गर्ने सुविधा पनि एपले एकीकृत गर्ने तयारी गरेको छ ।

एपबाट हुने सबै धेरैजसो सेवा क्यूआर कोडमा आधारित बनाउने जनाइएको छ । स्थानीय तहतर्फको सेवा भने काठमाडौं उपत्यकाका पालिकामार्फत एकीकृत गरी देशैभरका ७ सय ५३ वटै पालिकालाई जोड्ने योजना भएको जनाइएको छ ।

लोकसेवाको परीक्षा भर्ने, सिमकार्ड लिनेजस्ता व्यक्तिगत विवरण भर्नुपर्ने कार्यालयको सेवालाई छिटो एकीकृत गर्न तयारी भइरहेको छ । बढी भीड गराउने सरकारी कार्यालयका सेवा एपमा समावेश गर्न प्राथमिकता दिइएको जनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै