Dark

९४ प्रतिशत वयस्क जनसंख्यालाई कोरोनाविरुद्घको खोप लगाएर भुटान ‘सेफजोन’मा   

काठमाडौं । कोरोना संक्रमित हुनेको दर दक्षिण एसियाली राष्ट्र नेपाल, भारत, बंगलादेश,पाकिस्तान लगायत राष्ट्रमा बढिरहेको बेला भारतसँगै सीमा जोडिएको भुटान भने शान्त संग ढुक्क भएर बसेको छ । भारतबाट लगेर कोरोना विरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप आफ्ना नागरिकलाई लगाएर (भ्याक्सिनेट गरेर) बसेको भुटान सेफजोनमा देखिएको हो । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरोना विरुद्घको खोप लगाइसकेका छन् । 

नयाँ भेरियन्टको कोरोना महामारीले भारतलाई आक्रान्त बनाउँदा भुटान भने ढुक्क भएर बसेको छ । लाग्छ कि उसलाई कोरोना बारे थाहा पत्तो छैन । भुटानले अहिलेसम्ममा ९३ प्रतिशत वयस्क जनसंख्यालाई कोरोना विरुद्घको खोप लगाएको छ । कोभिड भ्याक्सिनेसन गर्ने काम ९३ प्रतिशत वयस्क जनसंख्यालाई सम्पन्न गरेर ऊ ढुक्क भएर बसेको हो । भारतको सिरम इन्स्टिच्युटमा बनेको अक्सफोर्ड-एस्ट्राजेनेका भ्याक्सिन गत महिना हेलिकप्टरमार्फत भुटान पुर्‍याइएको थियो ।
 

भुटानमा सोमबारसम्मको रेकर्डअनुसार १ हजार १ सय १९ जना कोरोना  संक्रमित भएका छन् । त्यहाँ ९ सय ९९ जना संक्रमित निको भएर घर फर्किएका छन् । भुटानमा हालसम्म कोरोनाबाट एक जनाको मात्र मृत्यु भएको छ । भारतले दिएको कोरोना विरुद्घको कोभिडसिल्ड भ्याक्सिन आफ्ना नागरिकलाई लगाएर उसले यो सफलताको कथा लेखेको हो । भुटानको यो अवस्था देखेर अहिले विश्वका धेरै देश चकित छन् ।

हिमनदी र अग्ला पहाडले घेरिएको राष्ट्रको कतिपय ठाउँ जान सडकसम्म छैन । भुटान सरकार प्रत्येक नागरिकप्रति उत्तरदायी छ । कोरोना संक्रमित भइहाले स्वास्थ्यमा उच्च सतर्कता र सावधानी अपनाइएको छ । तर, छिमेकी राष्ट्र  भारतमा दैनिक ३ लाखभन्दा बढी कोरोना संक्रमित भइरहेका छन् । दैनिक कोरोना संक्रमित हुने दरमा भारत पहिलो स्थानमा छ । जहाँ दैनिक ३ हजारभन्दा बढीको मृत्यु भइरहेको छ । 

नेपालमा सोमबार मात्रै ७ हजार ३ सय ८८ नयाँ संक्रमित थपिए । यो संख्या कोरोना महामारी फैलिएपछि  यता हालसम्मको उच्च रेकर्ड हो । त्यस्तै, सार्क राष्ट्र पाकिस्तानमा दैनिक ४ हजारको संख्यामा संक्रमित थपिएका छन् । जहाँ कुल संक्रमितको संख्या ८ लाख ३४ हजार १ सय ४६ पुगेको छ । जसमध्ये  १८ हजार १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अफगानिस्तानमा हालसम्म ६० हजार २ सय ८८ संक्रमित भएका छन् । जसमध्ये २ हजार ६ सय ४२ जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो समय अफगानस्तिानमा कोरोना संक्रमित हुने दरमा भने केही कमी आएको पाइन्छ ।

त्यस्तै, माल्दिभ्सिमा ३० हजार ७ सय ४५ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये हालसम्म ७४ जनाको कोरोनाबाट मृत्यु भएको छ । श्रीलंकामा हालसम्म १ लाख ११ हजार ७ सय ५३ संक्रमित भएका छन् । जसमध्ये ६ सय ९६ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीबाट बढी प्रभावित अर्को सार्क राष्ट्र हो बंगलादेश । बंगलादेशमा हालसम्म ७ लाख ६३ हजार ६ सय ८२ संक्रमित भएका छन् । सोमबार मात्रै बंगलादेशमा १ हजार ७ सय ३९ जना संक्रमित थपिएका छन् । थप ६५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ४४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै