Dark

एमालेको सांसद छोडेर कांग्रेसमा प्रवेश, माओवादी नेताले गरे स्वागत !

रुपन्देही । आइतबार दिनभर जसो देशको ध्यान लुम्बिनी प्रदेशमा सोझिएको थियो। त्यसको निरन्तरता सोमबार पनि कायम थियो।

भरखर संघीयताको अभ्यास गरिरहेको नेपालमा प्रदेश सरकारहरुमा सत्तासमीकरण परिवर्तनको रस्साकस्सी चलिरहँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखररले आफू विरुद्ध अविश्वासको प्रस्ताव आउन लाग्दै गर्दा मुख्यमन्त्री पदबाट राजीनामा दिएर प्रतिपक्षीलाई जिल्याइदिएर पुन मुख्यमन्त्री बने।

राजनीतिक घटनाक्रम यति चाँडोचाँडो विकसित भयो कि आखिर के भइरहेको छ भन्ने मेसो पाउन र यस्तो होला भन्ने अनुमान गर्न नपाउँदै अर्को घटना विकास भइहाल्थ्यो। 

पोखरेल पुन मुख्यमन्त्री चयन भएसँगै नेकपा एमालेका एक सांसदे राजीनामा दिए भने केहीले मुख्यमन्त्रीमन्त्रीलाई समर्थन गर्न नसकिने बताए। यसो भन्नेमा मुख्यमन्त्रीकै दल नेकपा एमालेका सांसद थिए । कपिलवस्तुका सांसद दीर्घनारायण पाण्डेले त सांसद पदबाट पनि राजीनामा दिए र त्यसको भोलिपल्टै अर्थात आज सोमबार राजीनामा स्वीकृत भएपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसबाट नै राजनीति शुरु गरेका उनी २०७४ सालको निर्वाचनमा टिकट नपाएपछि एमाले प्रवेश गरेर सूर्य चिन्ह लिएर चुनाव जितेका थिए । कपिलवस्तु क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा उनी निर्वाचित भएका हुन् ।

आइतबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल दोहोरिएपछि असन्तुष्टि जनाउँदै पाण्डेयले राजीनामा दिएका थिए । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेरै उनी कांग्रेस प्रवेश गरेको जनाए। उनलाई नेपाली कांग्रेस मात्रै होइन, माओवादी केन्द्रका नेता एवम् विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री प्रस्तावित कुलप्रसाद केसीले समेत स्वागत गरे।

उनलाई जेठ ६ मा हुने राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाइने छ । माओवादीकाबाट राष्ट्रिय सभा सदस्य बनेका अर्घाखाँचीका चन्द्रबहादुर खड्कालाई कारबाही गरेपछि खाली रहेको सो पदमा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा उनलाई विपक्षी गठबन्धनबाट साझा उम्मेदवार बनाउने सहमति भएको कांग्रेसका प्रमुख सचेतक फकरूद्दिन खानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै