Dark

बार्सिलोनासंग भ्यालेन्सिया पराजित, मेसीले गरे दुई गोल

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ गोल अन्तरले हराएको छ । 

 बार्सिलोनाका  लियोनल मेसीले दुई गोल गरे भने एन्टोनी ग्रीजम्यानले एक गोल गरे।

त्यस्तै भ्यालेन्सियाको लागि गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक एक गोल गरेका थिए।

 

जितपछि बार्सिलोनाले  उपाधिको दाबेदारको रुपमा कायमै राखेको छ। बार्सिलोनाको ३४ खेलपछि ७४ अंक भएको छ भने अंक तालिकामा रियल म्याड्रिडसँग बराबरी गर्दै तेस्रो स्थानमा रहेको छ।

त्यस्तै शिर्ष स्थानमा रहेको एटलेटिको ३४ खेलमा ७६ अंक छ।​ भ्यालेन्सियाको भने ३४ खेलपछि ३६ अंक मात्र रहेको छ र लिगमा १४औ स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै