Dark

गुल्मी सत्यवती गाउँपालिकाको एक वडा २९ गतेसम्मका लागि सिल 

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ७ जुनियाँलाई  सिल गरिएको छ ।

वडामा संक्रमणका कारण ६० वर्षका एक पुरुषको मृत्यु भएपछि थप संकमण फैलिन नदिन २९ गतेसम्मका लागि सिल गरिएको वडाध्यक्ष लोकबहादुर बुढाथोकीले जानकारी दिएका छन् । 
 

२९ गतेसम्म अत्यावश्क कामबाहेक अन्य केही कार्य नहुने, वडाभित्र आवतजावत पूर्ण रुपमा बन्देज र स्वास्थ्यका मापदण्ड पालना गर्न वडा कार्यलयले आग्रह गरेको 
छ । 

जिल्लामा संक्रिय संक्रमितको संख्या २६६ जना रहेका स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो चरणको संक्रमणका कारण जिल्लामा ११ जनाको ज्यान गइसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै