Dark

जसपाका चार जना प्रदेश सभा सदस्यको रिट सर्वोच्चमा दर्ता भएन 

काठमाडौं । लुम्बिनी प्रदेशका जनता समाज पार्टीका चार जना प्रदेश सभा सदस्यको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । 

उनीहरु आइतबार आफुलाई गरिएको कारवाहीको विरुद्घ रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका थिए । 


 

तर, सर्वोच्च अदालतले कोभिडका कारण यसअघि नै बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने जनाएकाले चार सांसदको रिट दर्ता नभएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिएका छन् । 

‘कोरोनाका कारण अरु सेवा स्थगित गर्ने निर्णयअनुसार उहाँहरुको रिट आज दर्ता भएन । पछि आउनुस् भनेर फिर्ता गरिएको छ’, पौडेलले भने ।

प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल आफुलाई गरिएको कारवाहीको विरुद्घ रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै