Dark

मुख्यमन्त्रीको राजीनामा पछि तनाबमा भएका जसपाका नयाँ मन्त्रीहरु छलफलमा व्यस्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका चार मन्त्रीहरुले संयुक्त रुपमा रिट दर्ता गराउन सर्वोच्च अदालत जान तयार भएकाबेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहानै अकस्मात राजीनामा दिए ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै जसपाको पार्टी कार्यालय बबरमहलमा पार्टीका शीर्ष नेताहरुसँग परामर्शमा जुटेका छन् । अब रिटमा जाने कि जाने विषयमा उनीहरुले छलफल गर्न थालेका हुन् ।


 

उनीहरु लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य एवम् पार्टी सदस्यबाट कारवाहीमा परेका थिए ।

जसपा नेपालको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका प्रदेशसभा पूर्व सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले संयुक्त रुपमा आइतबार सर्वोच्चमा पार्टीको निर्णयविरुद्घ रिट दायर गर्ने तयारी गरेका थिए । 

पार्टीको निर्णयविपरीत जसपाका चारैजना सांसदले मुख्यमन्त्री शंकर पोखरेल विरुद्घ समर्थन जनाउँदै मन्त्रिमण्डलमा समेत सहभागी बनेका थिए । 

उनीहरुलाई पार्टीले कारवाही गरेपछि सांसद पद मात्र होइन मन्त्री पद पनि गुमेको छ । उनीहरुलाई पुनः सपथ गराउने कुरा चलिरहेका बेला मुख्यमन्त्री पोखरेलले नै राजीनामा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै