Dark

भारतमा एकैदिन ३ लाख भन्दा बढी ब्यक्ति कोरोना संक्रमणबाट मुक्त 

 

एजेन्सी । भारतमा शनिबार  ३ लाख ८ हजार ५२२ जना कोरोना भाइरसका संक्रमित निको भएका छन ।

एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमितले  कोरोना जितेका हुन् ।  
 

योसँगै भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ५९ लाख ८१ हजार ७७२ पुगेको छ । भारतमा शनिबार एकैदिन विश्वकै सबैभन्दा बढी ३ लाख ९२ हजार ४५९ जना संक्रमित थपिए ।

योसँगै भारतमा कुल संक्रमित १ करोड ९५ लाख ४९ हजार ६५६ पुगेका छन् । 

हाल ३३ लाख ४३ हजार ९१० जना सक्रिय संक्रमित रहेका छन् ।  शनिबार  ३ हजार ५०१ जनाको कोरोनाबाट मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख १५ हजार ५२३ रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै