Dark

पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन हुँदै, आजै सपथ ग्रहण गराउने तयारी

काठमाडौं । एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीबाट राजिनामा दिएका शंकर पोखरेलकै नेतृत्वमा नयाँ सरकार गर्ने निर्णय गरेको छ । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आजै सपथ ग्रहण गराउने तयारी भएको छ ।

संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको हो । 

प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको एमालेका एक नेताले जानकारी दिएका छन् । 

प्रदेश सरकारका प्रवक्तासमेत रहेका एमाले नेता वैजनाथ चौधरीले दाबीका साथ भने, ‘आजै सपथ ग्रहण हुन्छ, धारा बदलिएको मात्रै हो, सरकार बदलिएकै छैन ।’
संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन गर्ने भन्दै पोखरेल त्यसको तयारीमा छन् ।

आफूविरुद्घको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले तत्कालै स्वीकृत गरेका छन् ।

एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ ।  

एमाले प्रवेश गरेपछि माओवादीका दुई, जसपाका चार सांसद पदमुक्त भएपछि लुम्बिनी प्रदेशसभामा हाल ८१ सांसद छन् । त्यसमध्ये एमालेसँग मात्रै ४१ सांसद छन् जुन बहुमतको एकल सरकार बनाउन पुग्ने संख्या हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै