Dark

असार मसान्तसम्म पेन्सन लिन बैंक हाजिर हुनु नपर्ने

काठमाडौं । कोरोना नयाँ भेरियन्ट संक्रमण अवस्था विकराल बन्दै गएपछि महालेखा नियन्त्रक कार्यालयले पेन्सन लिने बैंकमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाएको छ ।

सरकारी सेवाबाट निवृत्त भई निवृत्तिभरण पाइरहका निवृत्तभरकहरुले बैंकमा ६/६ महिनामा अनिवार्य रुपमा बैंकमा हाजिर हुनुपर्ने व्यवस्था थियो ।
 

महालेखाले यस व्यवस्थालाई सरकारको संचित कोषबाट स्वीकृत बजेटको परिधिभित्र हुने गरी पेन्सन वितरण गर्ने गरी यो व्यवस्थालाई असार मसान्तसम्मका लागि लागू गरेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिए ।

महालेखाले निवृत्तभरले निवृित्तभरण आफ्नो बैंक खाताबाट सोझै लिन सक्ने व्यवस्था समेत गरेको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै