Dark

कर्णाली प्रदेशमा थप दुई संक्रमितको मृत्यु 

कर्णाली प्रदेशमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका –१० की ३२ वर्षीय महिला र गुर्भाकोट नगरपालिका –१३ का ३५ वर्षीय पुरुष रहेका छन् । दुबै जना सुर्खेतका रहेको र उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।  

वीरेन्द्रनगरकी त्यी महिलाको शुक्रबार  साँझ ७ बजे मृत्यु भएको हो भने  गुर्भाकोटका पुरुषको शनिबार बिहान मृत्यु भएको  प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।


योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै