Dark

अनैतिक सम्बन्ध लुकाउन दुई देवरसँग मिलेर आफ्नै पतिको हत्या

जनकपुर । धनुषामा सुशीलादेवी मण्डलले आफ्नै पतिको हत्या गरेकी छन् । उनले दुई देवरसँग मिलेर पतिको हत्या गरेकी हुन् ।

धनुषाको हंसपुर नगरपालिका वडा नं ६ टिल्हीका ३५ वर्षीय शम्भु मण्डलको आफ्नै श्रीमतीबाट हत्या भएको हो।

‘स्थानीय २७ वर्षीया सुशीलादेवी मण्डलले दुई देवर सञ्जय र अनिल मण्डलसँग मिलेर पतिको हत्या गरेकी हुन्,’ धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले भने । सञ्जय र अनिल शम्भु मण्डलका माइला र कान्छो भाइ हुन् ।

उनका अनुसार शुक्रबार राति करिब २ बजे तीन जना मिलेर घरमै शम्भुको हत्या गरेका हुन् । मोबाइलका तीनवटा चार्जरको तारले घाँटी कसेर र छुराले रेटेर हत्या गरेको शवको प्रकृतिले देखिएको छ । घटनापश्चात् तीनैजना फरार भएका छन् ।

डीएसपी मिश्रका अनुसार राति २ बजे घटना भए पनि प्रहरीमा एक घण्टा ढिला जानकारी आएकाले राति ३ बजे मात्र इलाका प्रहरी कार्यालय (औरही) को टोली घटनास्थल पुगेको थियो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । 

प्रहरीले घरायसी विवादमा हत्या भएको बताएको छ । तर स्थानीयबासीले भने देवरसँगको अनैतिक सम्बन्धका कारण सुशीलाले योजनाबद्घ तरिकाले पतिको हत्या गरेको दाबी गरेका छन् ।

‘एकसाता अघि देवरसँग अनैतिक सम्बन्ध राख्ने क्रममा पति शम्भुले देखेका थिए । त्यसपछि शम्भुले कुटपिट गर्दा सुशीला भागेर धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीस्थित माइतीघर गएर बसेकी थिइन्,’ एक स्थानीयले भने । 

उनले भने, ‘शुक्रबार दुवै देवर सञ्जय र अनिल भाउजू सुशीलाको माइत पुगेका थिए । त्यहाँ गएर योजना बनाए । सुशीलाले पति शम्भुलाई फोन गरी म घर फर्किन्छु, लिन आउनू भनेर बोलाइन् । साँझ घर आइन् र राति घरमा तीनजना मिलेर शम्भुको हत्या गरी फरार भए ।’

शम्भु र सुशीलाका एक छोरा र एक छोरी छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
50 %
Sad
0 %
Angry
50 %

छुटाउनुभयो कि?

सबै