Dark

विराटनगरमा एक साता निषेधाज्ञाः सरकारी कार्यालयका अत्यावश्यक बाहेक सेवा पनि बन्द

मोरङ । विराटनगर महानगरपालिकामा एक साता निषेधाज्ञा जारी गरिएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी विराटनगर महानगरपालिकामा एक साता निषेधाज्ञा जारी भएको हो ।

कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको भन्दै महानगरले विराटनगर र सेरोफेरोका क्षेत्रमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले आइतबार बिहानबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको हो । अन्य पालिकाहरूमा संक्रमण दर कम भएका कारण निषेधाज्ञाको निर्णय नभएको उनले बताए।

शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको उनले बताए ।

सवारीसाधनलाई पूर्ण रूपमा आवतजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको जानकारी दिए । सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि बन्द हुनेछ ।

मोरङ प्रशासनको आदेशअनुसार भारतबाट रानी नाका हुँदै नेपाल आउने नेपाली नागरिकबाहेक अन्य आवागमन गर्न पाइने छैन ।

यसअघि सुनसरी जिल्ला प्रशासनले आज ९शुक्रबार० राति १२ बजेपछि २०७८ वैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै