Dark

पन्जाबसँग बैंगलोरको हारः हारसँगै गुम्यो शीर्ष स्थानमा उक्लिने मौका

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

अहमदाबादमा शुक्रवार राति भएको खेलमा पन्जाबले बैंगलोरलाई ३४ रनले पराजित गरेको हो ।

पन्जाबले दिएको १ सय ८० रनको लक्ष्यसहित जावाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन जोडे । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । पन्जाबका लागि कप्तान लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाए ।

पन्जाबले लिगमा तेस्रो जित निकालेको हो । पन्जाब ७ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । यस हारसँगै बैंगलोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

बैंगलोरले ७ खेलमा १० अंक जोडेको छ । यस सिजन दोस्रो हार व्यहोरेको बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै