• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

एप्पल तथा फेसबुकको आम्दानी बढ्यो

काठमाडौं । कोरोना महामारी बढेसँगै चीनमा आइफोनको बिक्री बढ्दा एप्पलको समग्र नाफा दोब्बर हुन गएको छ ।

उपभोक्ताहरुले कोरोना महाव्याधी कै कारण अनलाइनमार्फत कक्षा, काम, इ–कमर्स तथा मनोरञ्जन हुने भएको कारण आइफोन, एप तथा अन्य डिभाइसको बिक्री निरन्तर बढेको जनाएको छ । एप्पलको म्याक कम्प्युटर तथा आइप्याडको खरिद उच्च पुगेको जनाइएको छ ।

यसै अवधिमा घर या काठाभित्रै पर्याप्त समय व्यति गर्न परेको कारण कारण अधिकांशमा फेसबुक अझ लोकप्रिय बन्न पुग्यो । जसकारण, फेसबुकले पनि राम्रो नाफा कमाएको छ ।
 

चीनमा दोब्बरले आम्दानी बढ्दा एप्पलले सन् २०२१ को पहिलो तीन महिनामा कुल ८९ दशमलव ६ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ । अघिल्लो वर्षको सो अवधिभन्दा बिक्री ५० प्रतिशतले बढेको हो । एप्पलले गत वर्ष रोल आउट गरेको नयाँ फाइभजी फोन अपग्रेड गर्ने उपभोक्ताहरु निरन्तर बढेकोले पनि नाफा बढ्नमा सहयोग भएको हो ।

गत वर्षको सोही अवधिमा ११ अवधी ३ अर्ब डलर नाफा गरेकोमा यो वर्ष २३ दशमलव ६ अर्ब डलर पुगेको एप्पलका सीईओ टिम कुकले बताए । यसको फिटनेस तथा संगीत एपहरुको प्रयोग पनि महामारीको समयमा बढी भएको जनाइएको छ ।

त्यसैगरी, २०२१ को पहिलो तीन महिनामा फेसबुकले २६ दशमलव १७ अर्ब अमेरिकी डलर आर्जन गरेको थियो । यसमा ९ दशमलव ५ अर्ब डलर नाफा भएको छ । फेसबुकले एप्पलले यो साता सार्वजनिक गरेको नयाँ फिचरका कारण आफ्नो आम्दानी स्थिर भएको बतायो ।
सन् २०२१ सालमा गुगल र माइक्रोसफ्टले पनि पहिलो त्रैमासमा आफ्नो आम्दानी र नाफा दुवै बढाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै