• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

२४ घण्टामा ५७२७ जनामा कोरोना पुष्टि  ३३ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २९५६ जना संक्रमित थपिएका छन्। काठमाडौँमा २४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ९२८ जना डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३  पुगेको छ।

यसैगरी देशभर पछिल्लो २४ घन्टामा १५ हजार ३ सय ९१ पीसीआर तथा ५२५ एन्टिजेन परीक्षण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै