• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

कोरोना संक्रमणदर बढ्दो, २२ वटा जिल्ला उच्च जोखिममा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिएकाले सतर्क अपनाउन आग्रह गरेको छ । 

शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै, संक्रमण फैलिरहेको हुँदा सर्वसाधारणहरूलाई जनस्वास्थ्यका मापदण्डहरूको कडाइका साथ पालना गर्न आग्रह गरेको हो । 

यसरी नै संक्रमण फैलिने हो भने अस्पतालमा सैया (वेड) पनि पाउन मुस्किल हुने हुँदा लकडाउन पालना गर्न मन्त्रालयले आग्रह गरेको हो । नेपालमा अहिले कोरोना भाइरसको संक्रमण निकै उच्च गतिमा फैलिरहेकोले सरकारले थेग्न कठिन हुने मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

२२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिरहेको मन्त्रालयले जनाएको छ ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ । त्यसैले सबै दाजुभाइ दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ । संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू (मास्क लगाऔं, भौतिक दुरी पालना गरौं, बेलाबेलामा साबुनपानीले हात धोऔं) नै उत्तम उपाय हुन् ।’

त्यस्तै, मन्त्रालयले कुनै पनि मार्गबाट देश–विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने काम पूर्ण बन्द गर्न आग्रह गरेको छ । अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै