• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

बाँकेमा संक्रमित राख्न होटललाई बनाईयो आइसोलेसन सेन्टर

बाँके ।  नेपालगंज उप–महानगरपालिकाले  होम आइसोलेसनको असुविधा भएका कोभिड १९ संक्रमितको सहजताका लागि होटेल ह्वाइट हाउसमा आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ।

 

भारतबाट फर्किने क्रममा जमुनाह नाकामा कोभिड पोजेटिभ भएका व्‍यक्तिहरूलाई यही आइसोलेसन सेन्टरमा राखिने गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका २० मनिकापुरस्थित ह्वाइट हाउस आइसोलेसन सेन्टरमा वैशाख ४ गतेदेखि हालसम्म  ५७ जना संक्रमितले सेवा पाएको  आइसोलेसन सेन्टरका स्वास्थ्य फोकल पर्सन सिनियर अहेब गोरखनाथ योगीले जानकारी दिए। शुक्रबार पनि आइसोलेसनमा बाहिरी जिल्लाका २५ जनासहित ४१ जना बसेका छन्।

यो आइसोलेसनमा २५ महिला र २५ पुरुषलाई राख्‍न सकिने गरी ५० शैय्याको व्यवस्था मिलाइएको छ। कोभिड संक्रमित भएपछि होम आइसोलेसनको सुविधा नभएका नगरवासीले ह्वाइटहाउस आइसोलेसनबाट सेवा लिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै