• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

सरकारको चरम लापरवाही, असंवेदनशीलताले कोरोना संक्रमण बढ्योः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यता कारण कोरोना संक्रमण बढेको बताएका छन् ।

 देउवा निवास बुढानिलकण्ठमा प्रत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

कोभिड–१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको प्रबन्ध मिलाई लकडाउनको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न नेपाली कांग्रेसले सरकारसँग जोडदार माग गर्दछ भनि ११ बुँदे सुझाव समेत दिएका छन् । 
कोभिड–१९ संक्रमणलाई रोकथाम गर्न र संक्रमितलाई उपचार कार्यमा सघाउन नेपाली कांगेसले आफ्नो ४ बुँदे प्रतिबद्धता समेत सार्वजानिक गरेको छ ।  

उनले भने, ‘देश कोभिड–१९ महामारीको दोस्रो चरणमा छ । अत्यन्त कम संख्यामा पिसीआर परिक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको सहजै निष्कर्ष निकाल्न सकिन्छ । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ । संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ । बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ । यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यता जिम्मेवार छ । यो सरकार न निगतका गल्तीहरुबाट सिक्छ न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाहरुले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ ।’

साथै अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको देउवाले जिकिर गरे ।

उनले थपे, ‘सरकारले काठमाडौं उपत्यका लगायतका ठाउँहरुमा १५ दिने लकडाउन लगाउने निर्णय गरे पछि कोभिड–१९ परिक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौं मानिसहरु लकडाउन नभएका कम संक्रमित जिल्लाहरुमा पुगको छन् । सरकारको यस्तो निर्णयले संक्रमण कप भएका ठाउँहरुमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै