Dark

असारसम्म सरकारले स्वतः पेन्सन नवीकरण गरिदिने

काठमाडौं । कोरोना महामारीको दास्रो चरणको सङ्क्रमण बढेपछि सो अवस्था मध्यनजर गर्दै पेन्सन पाकेकाहरुको असारसम्म स्वतः नवीकरण गरिदिने प्रबन्ध मिलाइएको छ ।

प्रत्येक ६ महिनामा पेन्सन नवीकरण गर्नुपर्ने व्यवस्था थियो । तर हालको प्रबन्ध अनुसार नविकरणको लागि उपस्थित भइरहन पर्दैन ।  

निवृत्तिभरण प्राप्त गर्ने सरकारी सेवा निवृत्त व्यक्तिहरुको पेन्सन असार मसान्त २०७८ सम्मको लागि बैंकमा स्वयं उपस्थित भइरहन नपर्ने जानकारी महालेखा नियन्त्रक मधु मरासिनीले बताए । पेन्सन कार्यालयले नै उनीहरुको स्वतः नवीकरण गरिदिने प्रबन्ध मिलाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै