
काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्र तोकेको छ । आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको हो ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम ९३० बमोजिम हेटौंडा उप–महानगरपालिका वडा–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।
उक्त मतदान स्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) तोकेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) तोकोको छ भने छुटुृाछुटृै मतदानकेन्द्र तोकेको उक्त जारी विज्ञप्तिमा उल्लेख छ ।
नेकपा माओवादी केन्द्रले रामबहादुर थापा बादल आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि उनको पद रिक्त भएको थियो ।
यसैगरी प्रवक्ता श्रेष्ठले आजै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको पनि जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न