
काठमाडौं । काठमाडौं उपत्यका लगायत मुलुकमा बिहीबारदेखि अधिकांश स्थानमा निषेधाज्ञा लागू गरिएपछि उपत्यका र देशभर औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यक वस्तुको आपूर्तिमा प्रभाव पर्ने चिन्ता भइरहेको छ ।
तर, यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाका कारण दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिएको र उपभोक्तालाई उक्त आवश्यकताको आपूर्तिमा कुनै समस्या नभएको बताएका छन् ।
अत्यावश्यक वस्तुको ढुवानी तथा वितरण प्रणाली सजिलैसँग भइरहेकोले उपभोग्य वस्तुको मौज्दात र भण्डारण पर्याप्त रहेको जानकारी मन्त्रालयका सहप्रवक्ता उर्मिला केसील दिएकी छन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकाका ४ वटा स्थानबाट खाद्यान्न सामग्री, स्यानिटाइजरलगायतका वस्तुहरुको कारोबार गरिरहेको छ ।
बिहीबारसम्म कम्पनीसँग २९ हजार ३ सय ३१ मेट्रिक टन चामल मौज्दात थियो भने ५ हजार मेट्रिक टन चामल खरिदको क्रममा छन् । सरकारी कम्पनीसँग भने ४ हजार ३ सय ८८ मेट्रिक टन गहुँ मौज्दात रहेको जनाइएको छ ।
यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था कम्पनी र निजीक्षेत्रसँग गरी ५० हजार ९८० मेट्रिक टन चिनी मौज्दात रहेको छ । अहिले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडसँग ७६९ मेट्रिक टन र बाँकी निजीक्षेत्रसँग रहेको छ । निजी क्षेत्रसँग भएको चामलले ४ महिना र दलहनले ३ महिना पर्याप्त हुने छ ।
पेट्रोलियम पदार्थको आयातमा कुनै अवरोध नभएको कारण मन्त्रालयले पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था पनि सहज रहेको बताएको छ ।
नेपाल आयल निगम लिमिटेडसँग ४८ हजार २४५ किलोलिटर पेट्रोलियम पदार्थ छ । हालको मौज्दातले कम्तीमा ७ देखि १० दिनसम्मको माग आपूर्ती गर्न सक्ने आंकलन गरिएको छ ।
निगमले वैशाख महिनाका लागि खाना पकाउने ग्यासमा तोकेको कोटाअनुसार ४६ हजार ३३२ मेट्रिक टन बिक्री वितरण गरिसकेको छ । ग्यासको आयात पनि नियमित रुपमा भइरहेकोले आपूर्तिमा समस्या नहुने जनाइएको छ ।
मन्त्रालयका अनुसार खाद्यान्नलगायत दैनिक उपभोग्य सामाग्री उत्पादन तथा वितरणका श्रमिकहरुको काममा अवरोध र रोक नलगाइएको कारणले पनि त्यस्ता सामग्रीको अभाव नभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई
- बर्दिबासमा मधेशकै सबैभन्दा ठूलो ताल बन्दैः चुरे संरक्षणमा स्थानीय सरकार संवेदनशील