• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

कांग्रेसको क्रियाशील सदस्य विवरण इन्ट्रीको समय सकियोः तीन जिल्लाको विवरण आएन 

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यको विवरण अनलाइन प्रणालीमा इन्ट्री गर्न थप गरिएको पछिल्लो पटकको समय सकिएको छ ।

 कांग्रेसले बैशाख, ६ मा पछिल्लो पटक अन्तिम पटक म्याद थप गर्दै वैशाख, १५ गते राती १२ बजे सम्म  ‘सिस्टम क्लोज’ हुने अवधि तोकेको थियो । 

 

 यस अघि नयाँ सदस्यता वितरण तथा नवीकरणको विवरण जिल्लाहरूबाट पार्टीले तयार गरेको सफ्टवेयरमा पठाउने काम नसकिएपछि पटक पटक म्याद थप्दै आएको थियो । 

नयाँ सदस्यता ३ लाख ८९ हजार ४५१ जनाले लिएका छन् भने पुरानो सदस्यता ३ लाख ६३ हजार ८९३ जनाले नवीकरण गरेका छन् ।

हाल वेबसाइटमा ७ लाख ५३ हजार ३४४ क्रियाशील सदस्यता ‘इन्ट्री’ भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

बारा, सिन्धुपाल्चोक र सप्तरी जिल्ला कार्यसमितिका क्रियाशील सदस्यताको विवरण भने ‘इन्ट्री’ हुन बाँकी  रहेको बताईएको छ। 
विवरण पठाउन बाँकी जिल्लाले पनि केही समय सिस्टम खुल्ला गर्न माग गरेका छन् ।  

वैशाख भित्रमा ती जिल्लाहरुबाट समेत विवरण आउने कांग्रेस मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार हालसम्म क्रियाशील सदस्यता सम्बन्धी करिब ९५ प्रतिशत काम सधिकएको छ । 

कांग्रेसले विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता सम्बन्धी विवरण भने अनलाइन प्रणालीमा समावेश गर्न नै बाँकी रहेको बताएको छ ।

कांग्रेस पार्टी कार्यालयका अनुसार करिब ३० हजार क्रियाशील सदस्य विदेशस्थित जनसम्पर्क समितिबाट समावेश हुने अनुमान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै