• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

अख्तियार पूर्व आयुक्त बस्न्यातद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । 

बालुवाटार जग्गा प्रकरणमा आफूलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्ने विशेष अदालतको फैसला गलत रहेको भन्दै थुनामुक्त गरि पाउन भनि रिट दायर भएको हो । 

भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । 

लकडाउनका बेला बन्दी प्रत्यक्षीकरणा र कोभिड संकटबाहेकका अरु मुद्दा अदालतले नहेर्ने भएकाले सोही सुविधा प्रयोग गर्दै बस्न्यात थुनामुक्तिको माग गर्दै अदालत गएका छन् ।

बस्न्यातको पक्षबाट प्रज्ज्वल अधिकारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटसँगै उनलाई कोभिड पोजेटिभ भएको रिपोर्ट प्रमाण पेस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै