• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

जसपाका अध्यक्ष ठाकुर निर्वाचन आयोग पुगे

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लुम्बिनीका चार प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्कासन गर्ने निर्णयविरुद्घ निर्वाचन आयोग पुगेका छन् ।

२०७७ पुस ७ गतेपछि जसपाको कार्यकारिणी समितिको बैठक नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको अध्यक्ष ठाकुरले बताएका छन् ।

पार्टीको बस्दै नबसेका बैठक लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरको भनाइ छ । 

‘सो अवैध एवं गैरकानुनी पत्रलाई आधार मानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ’ पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै