Dark

कर्णाली प्रदेशसभा सांसदहरुले कोरोना कोषमा रकम जम्मा गर्ने


नेकपा माओवादी केन्द्रका  कर्णाली प्रदेशसभा सांसदहरुले आधा महिनाको तलब प्रदेश विपद् कोषमा जम्मा गर्ने भएका छन् ।

कोरोना महामारी विरुद्धको सहकार्यको लागि उक्त रकम जम्मा गर्ने निर्णय गरिएको संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बताइन् ।

‘देश पुरै महामारीले आक्रान्त भएको बेला सबै नागरिक सचेत र सहज हुनुपर्ने बेला आएको छ । त्यसलाई प्रभावकारी प्रतिकार्य योजना बनाउनका लागि हाम्रा सांसदहरुको आधा महिनाको तलव विपद् कोषमा जम्मा गर्ने निर्णय भएको छ,’ प्रमुख सचेतक सीता नेपालीले भनिन् । 

कोरोना भाइरस नियन्त्रणका कार्यलाई प्रभाबकारी बनाउन आफ्नो पार्टीका सांसदले आफ्नो निर्वाचन क्षेत्रका प्रदेश सरकारमातहतका निकायहरु, स्थानीय तह, स्वास्थ्य संस्था तथा नागरिक संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी सघाउने निर्णय भएको प्रमुख सचेतक नेपालीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै