• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ निष्कासन

काठमाडौं । आज शुक्रबारदेखि सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता अंकित १०० रुपैँयाको दरले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण सेयर निष्कासन गरेको छ । यसमा २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ ।
त्यसपछि, बाँकी रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आवमा प्रतिसेयर आम्दानी १३.०५ र प्रतिसेयर खुद सम्पत्ति १३८.७९ रहेको छ ।
आ.व. ०७५÷७६ मा कम्पनीले १० दशमलव ५४ प्रतिशत र २०७६÷७७ मा ७ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आगामी आवमा पनि कम्पनीले लाभांश प्रदान गर्ने प्रक्षेपण गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण सेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ । साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम रहनेछ ।

साधारण सेयरको निष्काशन तथा बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मिति सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनमाध्यमबाट साधारण शेयरमा लगानीका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयर निष्काशन बन्द मिति वैशाख २१ गतेसम्म रहनेछ । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको लगानीहरु
उक्त कम्पनीको लगानी लमजुङ जिल्लामा ४ दशमलव ४० मेगावटको राधी विद्युत् कम्पनी र सुन्य दशमलव १८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ ।

कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेको छ । यसैगरी,  संखुवासभा मकालु गाउँपालिको वडा नं २ मा रहेको ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माणको क्रममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै