
काठमाडौं । सहकारीको कामको सिलसिलामा पोखरा पुगेका जिल्ला सहकारी संघ खोटाङका ४४ वर्षी अध्यक्ष अनिल जोशीको कोरोनाबाट मृत्यु भएको छ ।
पोखराको प्राइम सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेको जोशी खोटाङमा सञ्चालित लालुपाते सहकारी संस्थाका अध्यक्ष एवम् संचालक थिए ।
जोशीलाई वैशाख ५ गते सङ्क्रमण देखिएपछि पोखराको आम्दा अस्पतालमा वैशाख ६ गते भर्ना गरिएको थियो । उपचारको क्रममा बुधबार राती नै उनको मृत्यु भएको जनाइएको छ । शव पोखरास्थित नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ । उनी विराटनगरबाट चैत २९ गते पोखरा पुगेका थिए ।
परिवारका अनुसार विराटनगर हुँदा जोशीमा सामान्य रुघाखोकी देखिएको थियो । पछि उनीले पोखरामा जाँच गराउँदा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उनी मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका हरि जोशी र रमा जोशीका जेठा छोरा थिए । परीवार लगायत उनीका २ श्रीमती र १ छोराको परिवार अहिले शोकमा डुबेका छन् ।
दिक्तेल बजारका स्थानीय बासिन्दाको कोरोनाबाट मृत्यु भएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाइएको छ । कोरोनाको दोस्रो चरणको महामारीलाई मध्यनजर गरी जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको आकस्मिक बैठकले क्षेत्रका दैनिकजसो दर्शनार्थीको भिड लाग्ने त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्लाका विभिन्न ठाउँमा लाग्ने हाटबजार १५ दिन बन्द गर्ने निर्णय गरिएको छ । २०७७ चैत ८ गतेदेखि २०७७ साल मङ्सिर १६ गतेसम्म बन्द गरिएको हलेसी मन्दिर बुधबारदेखि पुन ः वैशाख मसान्तसम्मको लागि बन्द गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न