
काठमाडौँ । मंगलबार सार्वजनिक भएको टेस्लाको वित्तीय प्रतिवेदन अनुसार सन् २०२१ को पहिलो त्रैमाससम्मको अवधिमा टेस्लाले ९ अर्ब डलर कमाएको छ । जहाँ टेस्लाले पहिलोपटक उल्लेखनिय १ अर्ब डलर मुनाफा कमाएको छ । यस त्रैमासको आम्दानी गत वर्षको सोही अवधिभन्दा ७५ प्रतिशतले बढी रहेको छ ।
टेस्ला विद्युत्तीय कार निर्माण गर्ने एक अमेरिकी कम्पनी हो । यसको स्थापना १७ वर्ष अघि सन् २००३ सालमा भएको हो । हाल संसारका सबैभन्दा धनी भनी चिनिएका इलन मस्क सन् २००८ सालदेखि यस कम्पनीका सिइओ रहेका छन् ।
तर, कम्पनीको सन् २०२० को अन्तिम त्रैमासिकमा भन्दा आम्दानीमा केही कमी आएको छ । यसको कारण दुई महत्वपूर्ण मोडेलका कारहरु ‘मोडेल एस र मोडेल एक्स’को उत्पादन बन्द गरिएको भनिएको छ । त्यस्तै, समग्र अटो उद्योगमा भएजस्तो टेस्लालाई पनि कम्प्युटर चिप्सको अभावले प्रभाव पर्यो ।
मस्कले लगानीकर्ताहरुलाई सम्बोधन गर्दै कम्प्युटर चिपको अभावले टेस्लालाई ठूलो समस्या भएको उल्लेख गरेका छन् । जुन प्रणालीमा अहिलेसम्मकै ठूलो चुनौति भएको भनिएको छ ।
टेस्लाले पहिलो त्रैमासमा बिटक्वाइनमा गरेको डेढ अर्ब डलर लगानीबाट बिक्रि गरी १० करोड १० लाख डलर नाफा कमाएको छ ।
सन् २०१८ को अन्त्यसम्ममा त टेस्लाका कुनैपनि त्रैमासिकहरु मुनाफायुक्त थिएनन् । सन् २०१९ को मध्यसम्म पनि टेस्लालाई घाटा नै थियो । तर सन् २०१९ को तेश्रो त्रैमासदेखि टेस्लामा केही सुधार देखिएको थियो । कम्पनीको शेयर मूल्यमा १ हजार ३ सय ४९ प्रतिशत सम्मको ऐतिहासिक बढोत्तरीपछि भने २०१९ को तस्रोे त्रैमासमा टेस्लाले मुनाफा कमाउन सफल भयो ।
अहिले टेस्ला अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक हो । टेस्लाको बजार मूल्य विश्वका सबैभन्दा ठूला ७ गाडी निर्माता कम्पनीको संयुक्त मूल्यभन्दा पनि बढी रहेको छ ।
टेस्लाले यस वर्षभर ७ लाख कार बेच्ने योजना बनाएको छ । मस्कले कम्पनीले प्रत्येक वर्ष ५० प्रतिशतको वृद्धिदर हासिल गर्नुपर्ने महत्वाकांक्षी लक्ष्य राखेका छन् । कम्पनीले जर्मनी एवम् अमेरिकाको टेक्सासमा नयाँ कारखानाहरु विस्तार गर्दै निर्माणकार्य जारी राखेका छन् ।
– एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न