• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

सगरमाथामा नेपाली सेना पिपिई पहिरिएर फोहोर टिप्दै 

नेपाली सेनाहरु पिपिई पहिरिएर सगरमाथा सफा गर्न व्यस्त  रहेका छन् । कोरोना कहरबीच नेपाली सेनाले आधार शिविरदेखि क्याम्प टूसम्मको सफाइ सकेका छन् ।

सगरमाथा आरोहणमा हिँडेका केही विदेशीमा कोभिड संक्रमण भएको भनिएसँगै सेनाले पिपिई लगाएरै सफाइको काम गरेको हो ।
 

वसन्त ऋतुको सगरमाथामा विभिन्न देशबाट ४२ आरोहणदलका करिब ४ सय आरोही आधार शिविर पुगेका छन् । आरोहीको भीडलाई नेपाली टाइम्स अंग्रेजी साप्ताहिकले ‘सगरमाथा शहर’ समेत भनेको छ ।

नेपाली सेनाको ‘सफा हिमाल–२०२१’का समन्वय अधिकृत सेनानी आदित्य कार्कीले भने, ‘सकेसम्म कोभिड–१९ महामारीबाट बँच्न पिपिई लागाएरै सफाइ गरेका हौं ।’
नेपाली सेनाको टोली वैशाख पहिलो सातासगरमाथा आधारशिविर पुगेको हो । सफा हिमाल मिसनअन्तर्गत सगरमाथा क्षेत्रबाट १६ टन फोहोर संकलन गर्ने सेनाको लक्ष्य छ ।

सन् २०१३ २०१९ मा पनि सगरमाथा सफाइमा सक्रिय सेनाले क्रमशः ४ र १० टन फोहोर संकलन गरेको थियो । ‘सेभ दि हिमालयज फर दि फ्युचर’ नारासहित ‘सफा हिमाल– २०२१’ मिसनमा रहेको नेपाली सेनाले देशका विभिन्न ६ हिमाल एकैसाथ सफाइ गर्दैछ ।

सेनाले सगरमाथासहित ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरी हिमाल सफाइ गरिरहेको छ ।

विश्व वातावरण दिवसको दिन पारेर जेठ २२ मा सबै हिमालबाट संकलित नकु्हिने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरेर अभियान समापन गर्ने सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै