
ललितपुर । ललितपुरस्थित पाटन अस्पतालले कोरोना संक्रमितका लागि ८० बेड विस्तार गरेको छ ।
कोरोना संक्रमितका लागि छुट्याएको बेड भरिएपछि थप ८० बेड थपेको हो ।
यसअघि कोरोना उपचारका लागि छुट्याइएको १ सय ८० बेड नै भरिएपछि थप ८० बेड विस्तार अस्पतालका निर्देशक डा. रवि शाक्यले गरिएको जानकारी दिएका छन् । त िबेड शुक्रबारबाटै सञ्चालनमा आउने गरी ती बेड थपिएको डा.शाक्यले जानकारी दिएका छन् ।
योसँगै अब पाटन अस्पतालमा कोरोना उपचारका लागि बेड संख्या २ सय ६० पुगेको छ । तर संक्रमणदर उच्च भएकाले थप गरिएको बेड पनि केही दिनमै भरिने अस्पतालले जनाएको छ।
निर्देशक शाक्यले ८० बेड थप गरिए पनि त्यसमा आइसियू र भेन्टिलेटर भने नभएको बताए ।
अहिले अस्पतालको कुल बेड क्षमता ६ सय ५० रहेको भन्दै बेड नपाउने स्थिति आए पूरै अस्पताल नै कोभिडको मात्र उपचार गर्ने गरी बिस्तार गर्नसक्ने अवस्थामा रहेको शाक्यले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न