
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले संसदीय व्यवस्थालाई नेपालको राजनीतिमा कमाइ खाने भाँडो बनाइएको आरोप लगाएका छन् ।
सामाजिक संजाल फेसबुकबाट आफ्ना कुरा राख्दै डा. भण्डारीले संसदीय व्यवस्था संचालन गर्न नेपालका पार्टीहरु सक्षम बन्न नसकेको बताएका हुन् ।
उनले नेताहरुमा संसदीय व्यवस्थाको गुण, धर्म र मूल मर्मसमेत नदेखिएको र पार्टीहरु पार्टीजस्ता नै बन्न नसकेको आरोप लगाएका छन् ।
‘विश्वप्रसिद्ध र बहुसंख्यक देश र जनताले रुचाएको संसदीय व्यवस्था सन्चालन गर्नका लागि नेपालका राजनैतिक पार्टीहरु सक्षम र साँच्चिकै पार्टीजस्ता बन्न सकेनन् ।
नेताहरुमा संसदीय व्यवस्थाको गुण, धर्म र मूलमर्म नै देखिएन ।
समय र घटनाअनुसार के गर्ने र के बोल्ने भन्ने प्राथमिकता नै निर्धारण हुन सकेन । संघीय संसद हुँदै प्रदेशसम्मकै संसदीय संस्कार कामकाजी र सर्वसाधारणको पहुँचमुखी भएनन् ।
त्यसैले भुईफुट्टा र आरोपितहरुको ताज बढ्दो छ, संसदीय व्यवस्थाबाट सुरक्षित हुँदै कमाइ खाने भाँडो बनाइएको छ ।’ उनले फेसबुकमा लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]