
काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको आज न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुँदैछ ।
भट्टराईको पेटमा रहेको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो ।
उनको काठमाडौंको वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गर्नेछन् ।
शल्यक्रियाका लागि केहीबेर अघि शल्यक्रिया गर्ने कोठाभित्र लगिएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डले बताएका छन् । उनी बिहीबार नै वीर अस्पताल भर्ना भएका थिए ।
यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए । त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएपछि ट्युमर भने शल्यक्रियाबाट चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव दिएका थिए ।
केही साता अघिमात्रै ट्वीट गर्दै आफू सार्वजनिक जीवनबाट टाढा रहने बताएका थिए ।
उनले ट्वीट गर्दै उनले भनेका छन्, ‘पेटको न्युरो–इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि वीर अस्पताल भर्ना भएको छु । दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सद्प्रयास र सबैको सद्भावले स्वास्थ्य लाभ हुने नै छ । केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ, कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]