• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

कोरोना संक्रमण तिब्र रुपले फैलिएपछि दाङमा ९ दिन लकडाउन 

दाङ । दाङमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढेपछि शुक्रबारदेखि नौ दिन लकडाउन गरिएको छ । बैशाख १७ गते बिहान ६ बजेदेखि बैशाख २५ गते साँझ ६ बजसेसम्म दाङ जिल्लाभर लकडाउन घोषणा गरिएको हो । 

लकडाउन अवधिभर अत्याआवश्यक काम बाहेकका  सेवाहरू पूर्णरुपमा बन्द गरिएको छ । सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू पनि बन्द गरिएका छन् । अत्यावश्यकीय सामान खरिद बिक्रीका लागि बिहान ७ देखि ८ बजेसम्म पसल खुला गर्न पाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् । अत्यावश्यकीय सामान ढुवानीका लागि गाडीको प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ । 

खानेपानी, दुध, तरकारी, इन्धन, औषधि, विद्युत् आपूर्ति, टेलिफोन, फोहोरमैला व्यवस्थापन र पुशपन्छीको दानासँग सम्बन्धी कामलाई अत्यावश्यकीय सेवाअन्तर्गत राखिएको छ । पूर्व–पश्चिम राजमार्ग भएर दाङ हुँदै गुड्ने गाडीलाई यात्रु उठाउन र झार्न निषेध गरिएको छ । 

दाङमा बिहीवारसम्म कोरोना संक्रमणबाट ७३ जनाको मृत्यु भइसकेको छ । अहिले १ हजार १४१ जना संक्रिय संक्रमित छन् । कुल संक्रमितको संख्या ४ हजार २८५ पुगेको छ । जसमध्ये ३ हजार १०६ जना निको भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै