Dark

तोकिएका संस्थालाई निषेधाज्ञा भर पास नचाहिने

काठमाडौं । निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने  जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। जिप्रका काठमाडौंले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ।

सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैँक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ। 

जिप्रका काठमाडौँका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमार्फत त्यस्ता कार्यमा यात्रा गर्दा काँही कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न अनुरोध गरिएको छ। 

साथै उनले अन्य अनाश्यक सन्दर्भमा पनि अत्याश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएकाले वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेक जिप्रका काठमाडौँबाट सवारी पास जारी नहुने जानकारी गराएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै