
पोखरा । मुख्यमन्त्रीविरुद्घ अविश्वासको प्रस्ताव दर्ता गराउने गण्डकी प्रदेशसभाका तीन दलहरुले सुरक्षाको माग गरेका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दे यस्तो माग गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली र जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यले संयुक्तरूपमा विज्ञप्ति जारी गरेका हुन ।
प्रदेशसभा सदस्यहरूलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानूनको कठघरामा ल्याई सभामुख र प्रदेशसभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरूको सुरक्षाको सुनिश्चितता गर्न विज्ञप्तिमा माग गरिएको छ ।
साथै प्रदेशसभाको पछिल्लो राजनैतिक घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् ।
त्यसै गरी प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पिसिआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न माग गरिएको छ । चरक अस्पतालको सीसीटिभी फुटेज सार्वजनिक गर्न पनि माग गरिएको छ ।
मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेश हुने भएपछि कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्घ गर्नु, अविश्वासको प्रस्तावमा मतदान गर्ने दिन माननीय खीमविक्रम शाही रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनु जस्ता शृङ्खलाबद्घ घटनाक्रमले आफूहरूलाई दुःखित र आश्चर्यचकित बनाएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई
- बर्दिबासमा मधेशकै सबैभन्दा ठूलो ताल बन्दैः चुरे संरक्षणमा स्थानीय सरकार संवेदनशील