
काठमाडौं । आफूहरूलाई प्रदेश सभा सचिवालयले पदमुक्त गरेको भन्दै जनता समाजवादी पार्टीका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचार खोज्न सर्वोच्च अदालत जाने भएका छन् ।
पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरुलाई प्रदेश सभा सचिवालयले पदमुक्त गरेको भन्दै त्यसविरूद्ध आजै सर्वोच्च अदालतमा जाने भएका हुन् ।
लुम्बिनी प्रदेश सभाले पदमुक्त गरेपछि जसपाका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचार खोज्न अदालत जाने जसपा नेता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले बताएका छन् ।
प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गरी जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा–५० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको र सोही अनुरूप चार जना सांसदलाई पदमुक्त गरिएको उल्लेख छ ।
लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जसपाको केन्द्रीय कमिटीको माइन्युटसहितको सूचना लुम्बिनी प्रदेश सभा सचिवालयमा पेश भएकाले त्यसैका आधारमा पदमुक्त गरिएको बताएका छन् ।
वैशाख ६ गते लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरूद्घ अविश्ववास प्रस्ताव दर्ता भएको थियो ।
त्यसलगतै जनता समाजवादी पार्टीका पाण्डेयसहित विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाइएको थियो ।
प्रदेश सभामा जसपाका ६ मध्ये ४ जना सांसद सरकारमा सहभागी भए पनी सहसराम यादव र पुर्मती ढेगाले सरकारमा जाने निर्णयको विरोध गर्दै आएका छन् ।
सन्तोषकुमार पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । त्यस्तै सुमन शर्मा रायमाझी र कल्पना पाण्डे समानुपातिक सांसद हुन् ।
सरकारमा सहभागी भएको विषयलाई लिएर जसपाको लुम्बिनी प्रदेश कमिटीमा मात्र होइन पार्टीको केन्द्रीय कार्यकारिणी परिषदमासमेत विवाद हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कीर्तिपुरमा
- जावलाखेलमा जुत्ता चप्पल दशैं महोत्सव सुरु
- आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न