
वीरगञ्ज । वीरगञ्जमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दुई महिला र एक पुरुष गरी थप ३ संक्रमितको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिका९३ की ४७ वर्षीय महिलाको बिहीबार राती साढे १० बजे नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । वैशाख १४ गते नारायणी अस्पतालमा ल्याइएका उनको पिसिआर परीक्षण पोजिटिभ आएको थियो ।
त्यस्तै बाराको जितपुर सिमरा २४ का ७७ वर्षिय कोभिड संक्रमित पुरुषको बिहीबार राती साढे ११ बजे मृत्यु भएको कोभिड संयोजक डा। सरोज रोशन दासले जानकारी दिए ।
त्यस्तै वीरगञ्ज १६ नगवाकी ४८ वर्षीय कोभिड संक्रमित महिलाको पनि शुक्रबार विहान १ बजेर ४५ मिनटमा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि गत बैशाख १२ गते नारायणी अस्पतालमा भर्ना भएकी उनको पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न