
काठमाडौं । अब निषेध आदेशका बेला अत्यावश्यक सेवाका लागि पास नचाहिने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं एक सूचना जारी गर्दै अत्यावश्यक सेवा तथा वस्तुका सवारीसाधनहरू, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्था, बिमाका कर्मचारीहरू, एअरपोर्ट जानेआउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने जनाएको हो।
यस्तै कतै अवरोध भए सहजीकरणका लागि १०० र १०३ मा फोन गर्न सकिने कार्यालयले जनाएको छ। साथै अन्य अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनी पास माग गर्ने गरेको पाइएकाले आजबाट मृत्यु संस्कार र अत्यन्तै जरुरी बाहेक पास जारी नगरिने प्रशासन कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]