
काठमाडौ । काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो ।
त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषेधाज्ञा लागिसक्छ, आजै रातिसम्म काठमाडौँ छोडिसक्नुपर्छ, नत्र पहिलेजस्तै विनाकाम महिनौँ यहीँ थन्किनुपर्छ ।”
धेरैले बसको टिकट लिइसकेका, केहीले समूह समूह बनाएर बस या माइक्रो ‘रिजर्भ’ गरेका र कतिपय कलङ्की पुगेपछि केही न केही साधन पाइहाल्छ त्यसैमा जाऊँला भनेर पनि आएका थिए ।
सवारीको जोहो नगरी आएकाहरु कलङ्कीको बाबा पेट्रोलपम्पको अघिल्तिर उभिएका थिए र जुन बस या सवारी साधन आयो त्यसैतिर झुम्मिन्थे र चढिहाल्थे । कुनैले सकिनसकी भरेर लगेका थिए भने कति सवारीका ‘स्टाफ’ ले टिकट देखाएर मात्र भित्र छिर्न दिइरहेका थिए ।
यातायात व्यवसायी महासङ्घका पदाधिकारीका अनुसार सरकारले निषेधाज्ञा गर्ने घोषणा गरेपछिका तीन दिनमा कम्तीमा पाँच लाख नागरिकले काठमाडौँ छोडेका छन् । यसको यकिन तथ्याङ्क नरहे पनि त्यतिका सङ्ख्यामा राजधानीबासी बाहिरिएको अनुमान छ ।
मङ्गलबार र बुधबार कलङ्की, बल्खु र कोटेश्वरको अवस्था हेर्दा दशैँभन्दा बढी भिडभाड देखिन्थ्यो । अनुमानित ५० लाखको काठमाडौँमध्ये आधाआधी बाहिरिन दशैँमा जस्तो भीड लाग्थ्यो, यो तीन दिन पनि त्यस्तै देखियो ।गोरखापत्रमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]