
जनकपुर । प्रदेश- २ सरकारले अक्सिजन सिलिन्डर भण्डारण गर्न प्रदेश भरका प्रत्येक अस्पताललाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
कोरोनाको दोस्रो लहरमा अक्सिजनको आवश्यकता देखिएकोले प्रदेश- २ सरकारले प्रदेशको १४ वटा सरकारी अस्पताललाई थप ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
अक्सिजन सिलिन्डर भण्डारण गर्न, कोरोना महामारी रोकथाम, नियन्त्रण,उपचार तथा प्रतिकार्यका लागि प्रदेश कोभिड कोषबाट पाँच-पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै, संक्रमितका लागि महत्वपूर्ण औषधि मानिएको रेमडिसिभिर हजार भाइल तत्काल खरिद प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई सहमति दिने निर्णयसमेत प्रदेश सरकारले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]